Nic Ad Nic Ad
Nic Ad Nic Ad

देवीघाट–गल्छी सडक अवरुद्ध

बुधबार, साउन ९, २०८१

नुवाकोट– अविरल वर्षासँगै खसेको पहिरोले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।


दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्