Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज सात वटा संसदीय समितिको बैठक बस्दै

बुधबार, साउन ९, २०८१

काठमाडौँ - बुधबार सात वटा संसदीय समितिको बैठक बस्दै छ। सिंहदरवारस्थित संसदीय समितिको कार्यकक्षमा विभिन्न सात समितिका बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

बिहान साढे ९ बजे अर्थ समितिको बैठक बस्नेछ। उक्त बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थ मन्त्रीसँग छलफल हुने कार्यसूची छ। ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि सम्झौताहरूको विवरण र हालसम्मको कार्यप्रगती तथा मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने कार्यसूची छ।


उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ। बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची छ। बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि ११ बजे बस्दै छ। 

बैठकमा समितिमा प्राप्त विधेयकहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्ने कार्यसूची छ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि विकास समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। दिउँसो १ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। उक्त बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्