Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले विद्यालय भवनमा क्षति

बुधबार, साउन ९, २०८१

पर्वत– पर्वतको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।

पैयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था बनेको छ । ‘खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ’, उनले भने ।

उनले ठूलो वर्षा हुँदा बाढीको जोखिम बढ्ने बताए । बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका थिए ।


यसैबीच, बाढीका कारण पैयुँ– ५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुगेको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ ।

पैयुँ गाउँपालिका–६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्