निर्वाचन आयोगका आयुक्त प्रधानको संसदीय सुनुवाइ आज
काठमाडौँ - निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि आज संसदीय सुनुवाइ हुने भएको छ । बुधबार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो ।
यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम आजका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले जानकारी दिइन् । प्रधान गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकबाट निर्वाचन आयुक्तमा सिफारिस भएका थिए ।
असार २० र २१ गतेका लागि संसदीय सुनुवाइ राखिए पनि रोकिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १०:०७
प्रतिक्रिया दिनुहोस्