Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक बस्दै

बुधबार, साउन ९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विभाग प्रमुखहरूको बैठक आज असार ९ गते १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँ बस्दै छ । रास्वपामा हाल ३८ वटा केन्द्रीय विभागहरू रहेका छन् । बैठकमा पार्टी सभापति रवि लामिछानेले अध्यक्षता गर्नेछन् ।

बैठकमा विभाग प्रमुखहरूले विभागको प्रगति समीक्षा पेश गर्ने, विभागको समस्या, चुनौती के छन् र भावी योजना के छ भन्ने कुरा संक्षिप्तमा राख्नेछन् । केन्द्रीय विभागमा प्रमुख १ सहित उपप्रमुख, सचिव, सदस्यहरू गरी ११ जना रहने व्यवस्था छ । त्यस्तै प्रदेश विभागमा ९ जना र पालिका विभागमा ७ जना रहने व्यवस्था छ ।

भातृसंगठन नबनाउने, पेशागत योग्यतालाई कदर गरी पेशागत क्षेत्रमा राजनीति नगर्ने रणनीति लिएको रास्वपाले त्यो क्षेत्रका नीतिगत समस्याहरु विभागहरुमार्फत सिधै केन्द्रीय समितिमा बुझ्ने र समाधान खोज्ने नीति अख्तियार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्