Nic Ad Nic Ad
Nic Ad Nic Ad

Breaking News : त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना

बुधबार, साउन ९, २०८१

काठमाडौं - काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । जहाज ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको विराटनगर जान लागेका एक यात्री कर्जा तथा निक्षेप सुरक्षण कोषका सीईओ रमेश घिमिरेले जानकारी दिए ।

अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेका सबै जहाजहरु रोक्किएका छन् । उड्न तयारी अवस्थामा रहेका यात्रुहरु जहाजभित्रै रहेका छन् भने बाहिरबाट आएका जहाजहरु पनि होल्ड गरिएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्