Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बुधबार, साउन ९, २०८१

काठमाडौं– आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्