UPDATE : जहाजको आगो निभाउने प्रयास जारी, यात्रुहरू जोखिममा
काठमाडौँ - त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ । जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।
‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्।
अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।