Nic Ad Nic Ad
Nic Ad Nic Ad

UPDATE : सौर्य एयरलाइन्सको विमान दुर्घटना विमानमा १९ जना सवार

बुधबार, साउन ९, २०८१

काठमाडौ - काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।


 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्