Nic Ad Nic Ad
Nic Ad Nic Ad

UPDATE : मर्मतका लागि पोखरा जाँदै थियो दुर्घटनामा परेको सौर्यको जहाज

बुधबार, साउन ९, २०८१

काठमाडौँ- बुधबार उडेलगत्तै त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज पोखरा जान लागेको खुलेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन एएमई/सीआरजे२०० कलसाइनको जहाज मर्मतका लागि पोखरा उडेको थियो। तर उडेलगत्तै दुर्घटनामा परेको हो। 

विमानस्थलको रनवे ०२ बाट बिहान ११:११ बजे उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। हालसम्म जहाजमा १९ जना रहेको खुलेको भुलले बताए। 

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

उनको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको छ। उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्