Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण सबै बन्द, आएका विमान आकाशमा नै होल्ड

बुधबार, साउन ९, २०८१

काठमाडौं - जहाज दुर्घटना भएपछि त्रिभुन विमानस्थाल बन्द भएको छ । आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको हो ।

उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको विमानस्थल स्रोतले बतायो ।

अन्तराष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् । थाइ एयरवेजको काठमाडौं आउदै गरेको जहाज भारतीय आकाशमा होल्ड भएको छ । भने, बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाइभट भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्