Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनापछि बन्द भएको विमानस्थल खुल्यो

बुधबार, साउन ९, २०८१

काठमाडौँ- सौर्य एयरको विमान दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्