Nic Ad Nic Ad
Nic Ad Nic Ad
विमान दुर्घटनाको इतिहास

भुइँ छाड्नासाथ बजारिएको सौर्य एयरसहित ६५ बर्षमा ५९ जहाज दुर्घटना, ४०७ जनाको मृत्यु

बुधबार, साउन ९, २०८१

काठमाडौं– नेपालमा आन्तरिक विमान दुर्घटनाको इतिहास कस्तो छ त ? ६५ वर्षको अवधिमा नेपालमा आन्तरिकतर्फ ५९ वटा विमान दुर्घटना भइसकेका छन्। बुधबारबाहेकका दुर्घटनामा मात्रै ३ सय ८९ जनाको ज्यान गइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एन–एएमईको जहाज दुर्घटना हुँदा क्याप्टेन मनिष शाक्यबाहेक सबैको मृत्यु भएको छ।

बाँकी १८ जनाको भने शव निकालिएको जनाइएको छ। योसँगै आन्तरिक उडान दुर्घटनामा हालसम्म ४०७ जनाको मृत्यु भइसकेको छ।

जहाज मर्मतका लागि पोखरा उड्दा त्यसमा सबै क्रु मेम्बर सवार रहेका थिए। धावनमार्गबाट उडेको जहाज एक्कासी बजारिँदा को–क्याप्टेन एस कटुवालसहित १८ जनाको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाका अनुसार अहिलेसम्म सोही जानकारी आएको छ।

मृत्यु हुनेमा एक विदेशी नागरिक पनि छन्। अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक आरिफ रेडा रहेका छन्।

449325585_365695836336452_7485751565967777811_n-1721807527.png
 

विमान कसरी दुर्घटना भयो?
काठमाडौंबाट पोखराका लागि उडेको विमान गलत दिशाबाट मोडिएको प्रारम्भिक आकलन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले बताएका छन्। 

विमानस्थल प्रमुख जगन्नाथ निरौलाले विमानले बायाँ मोड लिनुपर्नेमा बायाँ मोड लिएको देखिएको बताए।

‘उड्नेबित्तिकै देब्रेतिर मोडिनुपर्ने दाहिनेतिर मोडियो’, विमानस्थलका प्रमुख निरौलाले बताएका छन्।

यद्यपि ‘अहिलेसम्म दुर्घटनाको कारण खुलिनसकेको’ उनले बताए। ‘त्यो पछि नै आउला’, उनले भने। उनले विमानले उडान गरेको एक मिनेटभन्दा कम समयमै दुर्घटना भएको देखिएको बताए।

‘भुइँ छोड्नेबित्तिकै दुर्घटना भएको छ, मिनेट पनि भएको छैन। भुइँ छोड्नेबित्तिकै घटना भइगयो’, निरौलाले भने।

यसअघि सौर्य एअरलाइन्सका एक अधिकारीले सो विमानमा सर्वसाधारण यात्रु नचढेको बताएका थिए। उनका अनुसार सो विमान ‘सी–चेक’ अर्थात् परीक्षणका क्रममा थियो।

दुर्घटनालगत्तै एम्बुलेन्स र दमकलहरू त्यस ठाउँमा परिचालित थिए। नेपाली सेनाले उद्धारका लागि विमानस्थलस्थित आफ्नो टोली पनि खटेको जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले उद्धारमा दुई टोलीसहित ११५ जना सैनिक खटिएको जानकारी क्यानडानेपाललाई दिएका छन्। 

452892078_806137288365419_6615484213356923202_n-1721805219.jpg
 

यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीको ठूलो संख्या परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले पनि क्यानडानेपाललाई जानकारी दिएका थिए। 

नेपालमा बारम्बार आन्तरिक उडानका दुर्घटना असोचनिय हिसाबले हुने गरेको इतिहास छ। 

दुई बर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन–एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा प¥यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको थियो। विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए।

यो नेपालमा दर्ता भएका आन्तरिक विमानतर्फ भएको सबैभन्दा धेरै मानवीय क्षतिको भएको जहाज दुर्घटना हो। यसअघि बेपत्ता भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका– २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको निधन भएको थियो। 

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए। जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। को–पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन्।

२०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो। सो दुर्घटनामा ६ जनाको ज्यान गएको थियो। सन् २०१८ मा हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो। 

सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो। सन २०१९ मै सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान, धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो।

सन् २०१२ पश्चात् नेपालमा आन्तरिक उडानतर्फ वर्षैपिच्छे दुर्घटना भइरहेको छ। २०१२ मा मात्र  जोमसोम, डोल्पा, र भक्तपुरमा गरी ३ वटा विमान दुर्घटना भए। जसमा ३४ जनाको मृत्यु भएको थियो। 

सन् २०१३ मा जोमसोममा र सिमिकोटमा गरी २ वटा विमान दुर्घटना भए पनि मानवीय क्षति भएन। सन् २०१४ मा अर्घाखाँचीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो। 

3-1721805220.jpg
 

सन् २०१६ मा म्याग्दी, कालिकोट र सिमिकोटमा गरी भएका तीनवटा दुर्घटनामा २५ जनाको ज्यान गएको थियो। सन् २०१७ मा लुक्ला र सिमिकोटमा भएको दुर्घटनामा २ जनाले ज्यान गुमाए। 

नेपालमा दुर्घटना हुने विविध कारण छन्। केही मुलुकसँग तुलनात्मक हिसाबले नै दुर्घटनाको व्याख्या र कारण खुट्याउने गरिएको थियो।

एभिएशन सेफ्टी नेटवर्कले संकलन गरेको तथ्यांक तुलना गरेर हेर्दा नेपालमा भएका विमान दुर्घटनाको संख््या न्यूजील्यान्डको भन्दा तीनगुण बढी देखिन्छ। 

अप्ठ्यारो र चुनौतीपूर्ण भूगोलमा विमान चलाउनुपर्ने बाध्यता नेपालमा मात्र सीमित छैन। सेफ्टी म्याटर्स फाउन्डेशनका संस्थापक क्याप्टेन अमित सिंहका अनुसार न्यूजील्यान्डका विकट उपत्यकाहरूमा पनि नियमित व्यावसायिक उडानहरू हुन्छन्।

‘तर त्यहाँ नेपालमा जस्तो दुर्घटना भइरहँदैन। त्यहाँका विमानमा भूउपग्रहमा आधारित प्रविधि प्रयोग गर्ने अत्याधुनिक उपकरणहरू छन’, उनले भनेका थिए।

नेपालमा हिमाली र पहाडी भेगमा विमान उडाउन विशेष दक्षता चाहिन्छ। ‘हाम्रोमा निश्चित विमानस्थलमा विमान उडाउन पाउने चालकका लागि निश्चित मापदण्ड तोकिएको छ। कुनै हवाईमार्गमा विमान उडाउन आईपी (प्रशिक्षक विमानचालक) सँग निश्चित घण्टा उडेको हुनुपर्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका भूतपूर्व महानिर्देशक सञ्जीव गौतमले भनेका थिए।

त्यो न्यूनतम मापदण्ड हो। केही वायुसेवा कम्पनीहरूले अझ बढी अनुभव र दक्षता खोज्न सक्छन्। तर सौर्यको बिमान भने मर्मतका लागि लैजाने तयारीका क्रममा दुर्घटना भएको हो।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्