Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनास्थल निरीक्षण गर्न पुगे प्रधानमन्त्री ओली

बुधबार, साउन ९, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् ।

उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् । यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए । बिहान ११ः११ मा काठमाडौँबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ । विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्