Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगियो

बुधबार, साउन ९, २०८१

काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

शिक्षण अस्पतालले सबै शवहरूको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोस्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ । बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्