Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी गरिएको थियो दुर्घटनाग्रस्त जहाजका पाइलट शाक्यलाई उद्धार

बुधबार, साउन ९, २०८१

काठमाडौँ- दुर्घटनाग्रस्त सौर्य जहाजका पाइलट मनीषरत्न शाक्यको सुरक्षाकर्मीले उद्धार गरिरहेको तस्वीर सार्वजनिक भएको छ । अनुहारभरी चोट लागेका उनलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनालगत्तै उद्धार गरेको तस्वीरमा देख्न सकिन्छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरका पाइलट शाक्यको अहिले उपचार भइरहेको छ । 

काठमाडौंको केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचाररत पाइलटको अवस्था खतरामुक्त रहेको डाक्टर नवीन मिश्रले जानकारी दिए । उनका अनुसार पाइलट शाक्य बोल्न सक्ने अवस्थामा छन् । पाइलटको स्वास्थ्य अवस्था खतराभन्दा बाहिर देखिए पनि इमर्जेन्सी कक्षमा राखेर उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान विमानस्थलमा जहाज दुर्घटना भएको थियो । सौर्य एयरको जहाज दुर्घटना मृत्यु भएका सबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्