Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त

बुधबार, साउन ९, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा सबैलाई धैर्य गर्न अनुरोध समेत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

विमान दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे दुर्घटनास्थल पुगेका थिए। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा मर्मतका लागि पोखरा उडेको सौर्य एयर लाइन्सको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। विमानमा दुईजना क्रू मेम्बरसहित १८ जना सवार थिए।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्