Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वराज्यमन्त्री राय हत्याः काल्पनिक तीन पात्र खडा गरेका रामउजैन अभियुक्त भएको प्रहरी निचोड

बुधबार, साउन ९, २०८१

काठमाडौं– सर्लाहीको चन्द्रनगर–१ मा हत्या भएका पूर्वभूमीसुधार राज्यमन्त्री रामचन्द्र राय हत्याका अभियुक्त उनका कामदार रामउजैन राय रहेको निचोडतिर प्रहरी पुगेको छ। 

यो निचोडमा पुग्नका लागि अनुसन्धानमा ल्याइएका कुकुरले गरेको सहयोग र फेला परेका कतिपय सामग्री समेत रहेको प्रहरीको बुझाई छ।

काठमाडौंबाट गाउँको घरमा पुगेका पूर्वराज्यमन्त्री रायको हत्या गरिएको अवस्थामा रायको शव सोमबार बिहान भेटिएको थियो। तर उनका सहयोगी भनिएका रामउजैनले भने प्रहरीमा ‘तीन जना मानिस जग्गाको विषयमा कुराकानी गर्न आएको’ भनी बयान दिएका थिए। 

२१ वर्षीय रामउजैन रायलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले रगताम्य भएको कपडा समेत फेला पारेको छ। कुकुरको सहयोगमा रगताम्य भएको रामउजैनको लुगा पत्ता लागेको र तीनै युवकले रायको हत्या गरेको पाइएको प्रहरीको बुझाई छ। 

सामान्य गाली गरेको निहुँमा उनले उखु काट्ने हतियारले सुतिरहेको अवस्थामा रायको टाउकोमा हानेर हत्या गरेको अनुसन्धानमा सक्रिय रहेका अधिकारी बताउँछन्।

प्रहरीका अनुसार २१ वर्षीय युवक विगतमा काठमाडौंस्थित रायको घरमा रहेर सहयोगीको काम गरेका थिए। विगत डेढ दुई महिनायता फेरि उनी रायको सहयोगी बनेर चन्द्रपुरस्थित फार्म हाउसमा काम गर्न आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

तर रामउजैनले तीन जना काल्पनिक पात्र खडा गरी अनुसन्धान मोड्न खोजेको पनि प्रहरीको बुझाई रहेको छ। अनुसन्धानका क्रममा त्यसराती कोही पनि नआएको खुलेको हो।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्