मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग बनाइँदै
काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।
बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि ५ बजे प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।
दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्