Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकले कस्तो निर्णय लिनेछ?

बुधबार, साउन ९, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। 

५ बजेका लागि तय मन्त्रिपरिषद बैठकमा सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धि विषयमा छलफल हुनेछ। 

उक्त एयरलाइन्स दुर्घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहयोगलगायतका निर्णय लिन ओलीले मन्त्रिपरिषद डाकेका हुन्। यसबाहेक नेपालका एयरलाइन्सको अवस्थासहितका आवश्यक निर्णय हुन सक्ने अनुमान गरिएको छ। 

ओलीले दुर्घटनास्थलको अनुगमन गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको ब्रिफिङ सुनेपछि मन्त्रिपरिषदको बैठक डाकेका हुन्।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्