Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनाः यसरी बाँचेका रहेछन् सौर्य एयरका क्याप्टेन शाक्य

बुधबार, साउन ९, २०८१

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको आधा मिनेटमा नै दुर्घटनाग्रस्त भएको सौर्य एयरको विमानमा सवार १९ मध्य १८ जनाको ज्यान जाँदा क्याप्टेन मनिषराज शाक्य भने जीवितै उद्दार भए। 

उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगेको थियो। अहिले उनको अवस्था खतरामुक्त रहेको बताइएको छ। 

भगवान भरोषामा उनी बाँच्न सफल हुनुको कारण रहेछ ककपिट कन्टेनरमा अड्किनु। कन्टेनरमा ठोकिएर आगलागी भएको विमानको ककपिट कन्टेनरमा अल्झँदा शाक्य बाँच्न सफल भएका हुन्। 

प्रहरीले शाक्यलाई कन्टेनरबाट नै निकालेको थियो। विमानको अन्य भाग भने कन्टेनरमा ठोक्किएर आगलागी भएको थियो। जहाँ अन्य परेका थिए।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्