Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्व मन्त्री गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

बुधबार, साउन ९, २०८१

काठमाडौँ- पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ८५ लाख रुपैयाँ बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी गुप्ताले फिरौती रकमसहित गैर कानुनी रूपमा ८५ लाख रुपैयाँ आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।  गुप्ताले १७ लाख ३० हजार रुपैयाँ फिरौती रकम लिएर अन्य मानिसलाई दिएको विभागको दाबी छ ।

‘प्रतिवादीले सम्बद्ध कसुर गरी रकमको खण्डीकरण गरी स्वरूप परिवर्तन गरी १७ लाख ३० हजार बराबरको सुन खरिद गरेको, फिरौती रकम प्राप्त गर्नुको अतिरिक्त सो रकमबाट अन्य मानिसहरूलाई समेत रकम दिई बाँकी रकम निसर्ग समेत गरेको देखिए छ ’ अभियोग पत्रमा भनिएको छ ‘ अपराध तथा शरीर बन्धकको कसुरबाट प्राप्त गरेको फिरौती रकम सम्पत्तिको गैर कानुनी स्रोतको शुद्धीकरण गरेकाले निज प्रतिवादीले ८५ लाख बराबरको बिगो धन सम्पत्ति सम्बन्धी शुद्धीकरण सम्बन्धी कसुर गरेको देखियो ।’

गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२),(३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ। त्यस्तै गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी  अभियोग पत्रमा गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्