Nic Ad Nic Ad
Nic Ad Nic Ad

जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

बुधबार, साउन ९, २०८१

काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । कसरी मृत्यु भएको भन्ने थाहा भए पनि व्यक्ति चिनिने अवस्थाको नभएको हुँदा मृतकको आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरिएको बताइएको छ । 

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् ।

अस्पतालका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घण्टाभन्दा बढी समय लाग्छ । पोस्टमार्टम गरेर सबैको पहिचान भएपछि तीन दिनपछि मात्र आफन्तलाई शव दिने तयारी अस्पतालले गरेको छ । 

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो ।

जसमा परेर १८ जनाको मृत्यु भएको छ । घाइते पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्