Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले विश्व बैंकबाट थप १ अर्ब ७३ करोड रुपैयाँ अनुदान लिँदै

बुधबार, साउन ९, २०८१

काठमाडौं– सरकारले समृद्धिका लागि वन परियोजनामा विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर (एक अर्ब ७३ करोड ५५ लाख रुपैयाँ ) अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम्‌ सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्‌ । अनुदान सहायताबारे वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए ।


बैठकले साउन २२ देखि २४ गतेसम्म भारतमा आयोजना हुने बिमष्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको गुरुङले जानकारी दिए ।


बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्तलाई कायम-मुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्