प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ सकियो
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ। प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो।
प्रधानविरुद्ध यौन दुर्व्यवहारको आरोपमा संसदीय समितिमा उजुरीसमेत परेकाे छ। समितिको आजको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
यौन दुर्व्यवहारको आरोपको विषयमा भने उनले अदालतले गरिसकेको निर्णय उल्ट्याउने स्वीकार्य नभएकाे र यसबारेमा आफूलाई थप केही भन्नु नरहेकाे जवाफ दिएका थिए।
प्रधानको सिफारिस अनुमोदनको निर्णय संसदीय समितिको अर्को बैठकले लिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। अर्को बैठकको मिति पछि नै तोकिनेछ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १८:१९
प्रतिक्रिया दिनुहोस्