Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

बुधबार, साउन ९, २०८१

काठमाडौँ - सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्