सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली
काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको वस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओली आफ्नो सचिवालयका सदस्यहरूसहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुगेका हुन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा खतरामुक्त अवस्थामा उपचार भइरहेको छ।
उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था खतरामुक्त रहेको जनाएको छ ।
यसअघि ओली सौर्यको विमान दुर्घटनास्थल पनि पुगेका थिए । उनले विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ पनि लिए ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ २०:३१
प्रतिक्रिया दिनुहोस्