Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट

बुधबार, साउन ९, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरिन् ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्