Nic Ad Nic Ad
Nic Ad Nic Ad

विदेशी मुद्रासहित एक जना पक्राउ

बिहीबार, साउन १०, २०८१

रसुवा - गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो । 

भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्