Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतले लक्षद्वीपमा सैन्य विमानस्थल बनाउने

बिहीबार, साउन १०, २०८१

काठमाडौँ– भारतले लक्षद्वीप टापुमा सैन्य विमानस्थल निर्माण गर्ने भएको छ । हिन्द महासागरमा चिनियाँ गतिविधि बढ्दै जाँदा सरकारले लक्षद्वीपमा नयाँ विमानस्थल निर्माण गर्न स्वीकृति प्रदान गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केन्द्र सरकारको उच्चस्तरीय बैठकले लक्षद्वीपमा सैन्य विमानस्थल निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

त्यसअघि सैन्य मामिला विभागले लक्षद्वीपमा रहेको मिनिकोइ टापुमा नयाँ विमानस्थल निर्माण गर्ने र अगाट्टी टापुमा रहेको विमानस्थल विस्तार गर्ने प्रस्ताव गरेको थियो ।

नागरिक जहाजले पनि उडान र अवतरण गर्न सक्नेगरी ती विमानस्थल बनाइने एएनआईले जनाएको छ । चिनियाँ नौसेनाले पाकिस्तानी नौसेनासँग मिलेर हिन्द महासागरमा आफ्ना गतिविधि बढाइरहेका बेला भारतले लक्षद्वीपमा विमानस्थल निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्