Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला एशिया कपको सेमिफाइनल समीकरण पुरा

बिहीबार, साउन १०, २०८१

काठमाडाैं - जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह ए बाट समुह विजेता हुदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपाल र युएई समुह चरणबाट बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट श्रीलंका शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बी बाट थाइल्याण्ड र मलेसिया समुह चरणबाट बाहिरिएका छन् । अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् । त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्