Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोकप खेल्ने ७ राष्ट्रलाई जरिवाना

बिहीबार, साउन १०, २०८१

काठमाडौं - युरो कप २०२४ का खेलहरूमा समर्थकले रंगभेदी र भेदभावपूर्ण दुर्व्यवहार गरेको भन्दै युइएफएले सात राष्ट्रिय फुटबल संघलाई दुई लाख ३० हजार युरो (दुई लाख ५० हजार अमेरिकी डलर) जरिवाना तिर्न आदेश दिएको छ।

युइएफएले जर्मनीमा खेलिएको एक महिना लामो २४ राष्ट्रसम्मिलित प्रतियोगितामा बाल्कनका टोलीका समर्थकको संलग्नता रहेको घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

क्रोएसियाले आफ्नो तीन वटै खेलमा भएको घटनाका लागि ५० हजार युरो (५४ हजार अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने छ।

क्रोएसिया र अल्बानियाका समर्थकले ह्याम्बर्गमा भएको समूहचरणको खेलमा सर्बिया विरोधी नारा लगाएका थिए। युइएफएले उक्त घटनाको छानबिन गर्ने बताएको थियो। सर्बिया फुटबल महासंघले युइएफएले कुनै कदम नचाले प्रतियोगिताबाट बाहिरिने धम्की दिएको थियो।

क्रोएसिया र स्पेनविरुद्धको दुई खेलमा रंगभेदी व्यवहार गरेको भन्दै अल्बानियालाई बुधबार ३० हजार युरो (३२ हजार ५ सय अमेरिकी डलर) जरिवाना गरिएको छ।

अल्बानियाली र क्रोएसियाली दुवै महासंघलाई प्रतियोगिताका क्रममा समर्थकले आतिशबाजी गरेको र खेलमा वस्तु फ्याँकेको भन्दै जरिवाना गरिएको थियो। अल्बानियाका खेलाडी मिरलिन्ड डाकुलाई पनि सर्बियाविरुद्ध राष्ट्रवादी नारा लगाएको भन्दै दुई खेलको प्रतिबन्ध लगाइएको थियो।

रोमानिया, सर्बिया र स्लोभेनियाल पनि तीन फरक फरक खेल रंगभेदी व्यवहार गरेको बताइएको छ। रोमानियालाई ४० हजार युरो (४३ हजार ४ सय डलर) र अन्य दुईलाई ३० हजार युरो (३२ हजार ५ सय डलर) जरिवाना गरिएको छ।

हंगेरीलाई दुई खेलमा रंगभेदी व्यवहार गरेको भन्दै लागि ३० हजार युरो (३२ हजार ५ सय अमेरिकी डलर) र अस्ट्रियालाई एक खेलका लागि २० हजार युरो (२१ हजार ७ सय डलर) जरिवाना गरिएको छ।

युइएफएले क्रोएसिया, रोमानिया र सर्बियामाथि घरेलु मैदानबाहिर एक खेलको टिकट बिक्रीमा प्रतिबन्ध लगाएको छ। सेप्टेम्बरमा हुने नेसन्स लिगका खेलहरूमा यी टोलीले समर्थकविना खेल्नेछन्।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्