Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकैदिन दुई हजार चार सयले घट्यो सुनको मुल्य, तोलाको कति ?

बिहीबार, साउन १०, २०८१

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधवार) प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्