धरानमा ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु
धरान– धरानमा नेपाली कांग्रेसले ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको हो ।
धरान उपमहानगरपालिका-१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।
अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ ।
कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए। गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका-१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १२:३२
प्रतिक्रिया दिनुहोस्