Nic Ad Nic Ad
Nic Ad Nic Ad

वुमन एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली टोली

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।

श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो । युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्