Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीमा दुई डीआईजी खाली, बढुवाका लागि रस्साकस्सीको खेल छ

बिहीबार, साउन १०, २०८१

काठमाडौं– नेपाल प्रहरीमा दुई वटा प्रहरी नायव महानिरिक्षक (डीआईजी) पद खाली भएपछि बढुवाका निम्ति रस्साकस्सीको खेल सुरु भएको छ। 

प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरू बढुवाका निम्ति शक्ति केन्द्रको पहुँच लगाउने क्रममा छन्। यसअघि एक ब्याच नै मिचेर तत्कालिन गृहमन्त्री रवि लामिछानेले चार डीआईजी बढुवा गरेका थिए।

सरकार परिवर्तनसँगै नेपाली कांग्रेसको हातमा गृह मन्त्रालय रहेको छ। २०५३ सालको राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई लामिछानेले छुटाएका थिए। 

अहिले रिक्त दुई डीआईजी पदका लागि सोही टोलीका अग्रस्थानमा रहेका एसएसपी बढुवाका निम्ति कस्सिएको उच्च स्रोतले जनायो। 
डीआईजी बढुवाका निम्ति गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरिक्षक सदस्यसचिव रहने समिति हुन्छ। 

डीआईजी पोषराज पोखरेल सेवाबाट निवृत्त भएको र अर्का रामदत्त जोशीको एआईजीमा बढुवा सिफारिससँगै दुई पद रिक्त भएका हुन्।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्