Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न संसदीय समितिको निर्देशन

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो । नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका छन् ।

अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्