Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका क्याप्टेन शाक्यको अस्पतालबाट आयो यस्तो बयान

बिहीबार, साउन १०, २०८१

काठमाडौं– सौर्य एयरलाइन्सको सीआरजे–९–एन–एएमईको दुर्घटनाग्रस्त विमानबाट जीवित उद्दार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको संक्षिप्त बयान अस्पतालबाट आएको छ। 

बुधबार टेक अफ गरेको २० सेकेन्डमा नै दुर्घटना भएको विमानबाट शाक्य मात्र जीवित अवस्थामा फेला परेका थिए। स्वास्थ्य खतरामुक्त रहेका उनले उपचार गराउने चिकित्सकसँग विमान दुर्घटनाबारे सामान्य बयान दिन तयार भएका रहेछन्। 

उक्त विवरण सार्वजनिक भएको छ।  

सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत क्याप्टेन शाक्यले डा. मिना थापासँग विमान दुर्घटना हुँदाको अनुभव साझा गरेको विवरण आएको हो। 

उनले टेक अफ गर्नासाथ जहाज कन्ट्रोल गर्न नसकेको डा. थापासँग बताएका रहेछन्। 

उडेको सय फिटमाथिबाट जहाज अझ माथि लैजान नसकेको बताएका क्याप्टेन शाक्यले त्यसपछि एकै पटक सानो प्वाल मात्र देखेको बताएका रहेछन्।

सय फिटबाट जहाज शाक्यको नियन्त्रणमा नरहेको बताएपछि देखेको त्यहि सानो प्वालबाट आफू बाहिर निस्किएको बयान दिएका छन्। 

दुर्घटना हुनासाथ विमानस्थलमा रहेको नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोलीले शाक्यलाई निकालेको थियो। उनले भनेका छन्,‘त्यसपछि कसैले मलाई तानेको मात्र थाहा छ।’

जहाजमा १९ जना सवा।र थिए। शाक्यबाहेक सबैको मृत्यु भइसकेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ। 

घाइते क्याप्टेश शाक्यलाई भने अझै उपचारका लागि केही दिन अस्पताल राख्नुपर्ने हुन्छ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्