टेकु अस्पतालबाट भागेका दुई युवकमा हैजा पुष्टि
काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको छ ।ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु तीन युवकलाई ल्याइएको थियो ।
गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरू अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए । तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भएको हो । ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १५:५०
प्रतिक्रिया दिनुहोस्