Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेचन झालाई हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज

बिहीबार, साउन १०, २०८१

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

उक्त निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । असार १४ गते पक्राउ परेका झालाई प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक-पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको थियो।

सर्वोच्चले सो रिट खारेज गरिदिएपछि अब झालाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न बाटो खुलेको छ । सत्ता गठबन्धन फेरबदलको कारणकै रूपमा समेत चर्चा पाएका झालाई प्रहरीले असार १४ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्