Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको अस्पतालद्वारा जानकारी

बिहीबार, साउन १०, २०८१

काठमाडौँ - बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

 

 

क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा. डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।

 

अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको अस्पतालले जनाएको छ ।

अनुहार तथा नाक र आँखाका चोटहरूको उपचार भइसकेको अस्पतालको जानकारी गराएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्