Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिलो महिला मुख्य सचिव गड्तौलालाई प्रधानमन्त्रीले दिए बधाई

बिहीबार, साउन १०, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो महिला मुख्य सचिव लीलादेवी गड्तौलालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !!’

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको थियो।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्