Nic Ad Nic Ad
Nic Ad Nic Ad

बादशाह कुर्मीलाई मन्त्रीबाट नहटाए आन्दोलनको चेतावनी

बिहीबार, साउन १०, २०८१

काठमाडौँ - बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको हत्यामा आरोपित रहेका सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले गम्भीर आपत्ति जनाएको छ ।

यस्तो विवादमा आएको व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा भएको नियुक्ति तुरुन्तै फिर्ता गरी आरोपितलाई तत्काल पदबाट हटाउनका लागि ओरेकले माग गरेको हो ।

कुनै पनि बहानामा यस्ता अक्षम्य त्रुटिहरू नसच्याइएमा सम्पूर्ण मानव अधिकारकर्मीहरू एकजुट भई यसको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । हत्याका मुख्य आरोपी रहेका कुर्मीलाई लुम्बिनी प्रदेश मन्त्रीमा नियुक्त गरिनु महिलामाथि हुने जघन्य अपराधको घटनालाई राज्यले कसरी सरलीकरण गर्छ र हिंसाका आरोपितहरूलाई कसरी संरचनागत संरक्षण गरिन्छ भन्ने यो ज्वलन्त उदाहरण भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्