Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेताहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन रास्वपाले ‘क्लोज क्याम्प’ आयोजना गर्ने

बिहीबार, साउन १०, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’आयोजना गर्ने भएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरूमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।


बैठकले पार्टीको केन्द्रीय विभागहरूमा विभिन्न मितिमा मनोनीत सदस्यहरूलाई अनुमोदन समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्