स्रोत नखुलेको रकम बरामद गर्दा कुटिए राष्ट्रिय अनुसन्धानका कर्मचारी
काठमाडौँ -बाँकेको नेपालगन्जमा स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धानका कर्मचारी कुटिएका छन् ।
नेपालगन्ज-४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो)का महाप्रबन्धक अर्जुन खनालको समूहले नेपाल-भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
खड्काले स्रोत नखुले १८ लाख रुपैयाँ बरामद गर्दा आक्रमण गरेको प्रहरीको भनाइ छ । तर रकम भने बरामद नभएको बताइएको छ । आक्रमणबाट खड्का घाइते भएको र उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार (क्यासिनो)का महाप्रबन्धक खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १९:१३
प्रतिक्रिया दिनुहोस्