Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक वर्षमा नेपालीले खाए साढे १९ अर्बको विदेशी फलफूल

बिहीबार, साउन १०, २०८१

काठमाडौं- एक वर्षमा नेपालीले साढे १९ अर्ब रुपैयाँको विदेशी फलफूल खाएका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालीहरुले १९ अर्ब ५१ करोड रुपैयाँको विदेशी फलफूल खाएका हुन्।


फलफूलको आयात अघिल्लो वर्षको तुलनामा बढेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ४ करोड रुपैयाँको फलफूल आयात भएको थियो।

परिमाणका आधारमा गत वर्ष स्याउको आयात केही घटेको छ भने केरा, नास्पाति, अनार, सुन्तला र एभोकाडोको आयात उलेख्य वृद्धि भएको छ।

स्याउ ८ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ। गत वर्ष ८ करोड २१ लाख केजी स्याउ आयात भएको हो। अघिल्लो वर्ष ७ अर्ब रुपैयाँको ८ करोड ३२ लाख केजी स्याउ आयात भएको थियो।

कृषि तथा पशुपन्छी विकास मन्लायका अनुसार स्वदेशमा उत्पादित स्याउको पनि वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढीको करोबार हुन्छ।

सरकारले स्याउ आयातमा १३ प्रतिशत भ्याट लगाएपनि आयातमा खासै प्रभाव नपरेको हो। चालु आर्थिक वर्ष भ्याट हटाएर अग्रिम कर लगाइएको छ।

मूल्य र परिणाम दुवैका आधारमा केराको आयात बढेको छ। गत वर्ष २ अर्ब ६५ करोड रुपैयाँको ६ करोड ३७ लाख केजी केरा आयात भएको छ। अघिल्लो वर्ष १ अर्ब ६२ करोड रुपैयाँको ५ करोड ३३ लाख केजी केरा आयात भएको थियो।

स्वदेशी केराले बजारमा ४ महिनाको मात्र धान्ने भएकाले भारतबाट ठूलो परिमाणमा भित्रिने गरेको हो।

एक वर्षमा नेपालीले १ अर्ब १५ करोड रुपैयाँको ९९ लाख ६५ हजार केजी अनार खाएका छन्। अघिल्लो वर्ष ९३ करोड रुपैयाँको अनार आयात भएको थियो।

यस्तै सुन्तला १ अर्ब ४४ करोड रुपैयाँको २ करोड केजी आयात भएको छ। अघिल्लो वर्ष ८८ करोड १६ लाख रुपैयाँको १ करोड ५४ लाख केजी आयात भएको थियो।

अंगुर २ अर्ब १४ करोड, एभोकाडो ९४ करोड, खर्बुजा ५७ करोड, मेवा ३० करोड २३ लाख, नास्पाति २६ करोड ९५ लाख, भुइँकटहर १३ करोड १३ लाख, आँप ७ करोड ३९ लाख, किबी ३ करोड र  लिच्ची २ करोड ५५ लाख रुपैयाँको आयात भएको छ।

आर्थिक वर्ष २०७९/८० मा अंगुर २ अर्ब १५ करोड, खर्बुजा ६८ करोड, मेवा ३० करोड ९० लाख, नास्पाति १२ करोड ३६ लाख र एभोकाडो ९ करोड ४५ लाख रुपैयाँको आयात भएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्