Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनको कालिकामा खोलाले बगाएर एक जनाको मृत्यु

शुक्रबार, साउन ११, २०८१

चितवन - चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका–१० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो ।

आज (शुक्रवार) बिहान ६ः२० बजेको समयमा खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा चेपाङको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्