Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० हजार ७ सय जना भिड्ने पेरिस ओलम्पिकमा नेपालका जम्मा ७ खेलाडी, को–को केमा भिड्दैछन्?

शुक्रबार, साउन ११, २०८१

काठमाडौं– फ्रान्सको पेरिसमा शुक्रबारदेखि ओलम्पिक खेल सुरु भएको छ। 

२०६ देशका खेलाडी पेरिसमा ३२ खेलका ३२९ विधामा भिडन्त गर्दैछन्। ओलम्पिकमा नेपालले पनि सहभागीता जनाएको छ। 

नेपालको प्रतिनिधित्व गर्दै विभिन्न विधामा जम्मा ७ जना मात्र छनौट भई पेरिस पुगेका छन्। अन्य भने प्रशिक्षक र खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति मात्र छन्। 
नेपालका कुन–कुन खेलाडीले के–के विधामा भिँड्न लागेका हुन्। 

ओलम्पिक कमिटी नेपालका अनुसार टेबलटेनिसका स्यान्टु श्रेष्ठले दक्षिण एसियाली छनोट जितेर प्रतियोगितामा स्थान पक्का गरेका थिए।
बाँकी छ खेलाडीले प्रदर्शनको आधारमा कोटा पाएर ओलम्पिक्समा स्थान बनाएका हुन्।

स्यान्टूसँगै ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडी खेलाडीद्वय अलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता प्रधान श्रेष्ठ र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले ओलम्पिक खेल्दै छन्।

जम्मा ७ खेलाडी मध्य पनि ब्याडमिन्टनका प्रिन्सले प्रशिक्षक नै नपाएको खबर सार्वजनिक भएको थियो। 

यद्यपि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्