Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, साउन ११, २०८१

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।  त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्