Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी चल्दै

शुक्रबार, साउन ११, २०८१

 काठमाण्डौ – नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी काममा खासै प्रगति देखिएको छैन ।

नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास चलिरहे पनि अहिलेसम्म बेपत्ता बस र बाँकी यात्रुको बारेमा थाहा हुन नसकेको हो । ६ दिन अघिदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेशनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाकाअनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ । गत शनिवार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतवार बिहानदेखि खोजी थालेको थियो ।

दुई हप्ताअघि असार २८ गते भएको दुर्घटनामा हराइरहेका यात्रुमध्ये अहिलेसम्म २४ वटा शव भेटिएको छ । दुई वटा बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्